News

May 23, 2009

एजम्सन चर्चमा बम विष्फोट हुँदा दुई जनाको मृत्यु

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ९ ललितपुर भनिमन्डलस्थित एजम्सन चर्चमा शनिबार बिहान ९ : २० बजे बम विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ। विष्फोटबाट भारत पटनाकी १५ वर्षीया सेलेस्का जोसेफ र पटनाकै ३० वर्षीया दीपा पैत्रिकको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। सेलेस्का सेन्ट मेरिज स्कूलमा १० कक्षामा अध्ययनरत छात्रा हुन्। घटनामा अरु ६ जना गम्भीर घाइते छन्। शनिबार बिहान प्रार्थनाको समयमा गरिएको विष्फोटबाट घाइते हुनेहरुको संख्या १४ भन्दा धेरै छ। नेपाल डिफेन्स आर्मीले बम विष्फोटको जिम्मा लिएको पर्चा घटनास्थलमा पाइएको हाम्रा सहकर्मी विनोद पान्डेले जानकारी दिएका छन्। घाइतेको पाटन र अल्का अस्पतालमा उपचार हुँदैछ। चर्चभित्र थप बम भएको शंकामा प्रहरीले केही घण्टा कसैलाई भित्र जान दिएको थिएन। घाइतेमध्ये ९ जनालाई पाटन र ४ जनालाई अल्का अस्पतालमा राखिएको छ।महिलाले बोक्ने ब्यागभित्र राखिएको बम विष्फोट भएको चर्चमा प्रार्थना गरिरहेका मनोज क्षेत्रीले जानकारी दिए। एक जना महिलाले ब्याग छोडेर शौचालयतर्फ गएपछि विष्फोट भएको हो। क्षेत्रीका अनुसार घाइते हुनेहरुमा अधिकांश महिला छन्। उनले चर्चमा विष्फोट हुनासाथ एक जना मृत्यु त्यहीं भएको जानकारी दिए।चर्चभित्रै ममतारानी प्राथमिक विद्यालय पनि थियो। १९९५ मा एजम्सन चर्च बनाइएको हो।विस्फोटपछि प्रहरीले राजधानीका सबै चर्चमा सुरक्षा व्यवस्था कडा पारेको छ। ललितपुर प्रहरीले सबै चर्चलाई तत्काल खाली गर्न निर्देशन दिएको जनाएको छ।

No comments: