News

May 22, 2009

मनमोहन सिंहले दोस्रो पदावधिका लागि शपथ ग्रहण

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नयाँ दिल्ली, जेठ ८ भारतमा मनमोहन सिंहले शुक्रबार दोस्रो पदावधिका लागि शपथ ग्रहण गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति भवनको अशोक हलमा आयोजित समारोहमा राष्ट्रपति प्रतिभा देवीसिंह पाटिलले उनलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए। मनमोहन सिंह लगातार दोस्रो पटक कांग्रेस नेतृत्वको संयुक्त प्रगतिशील गठबंधन (यूपीए) सरकारका प्रधानमन्त्री बनेका हुन्। हालै सम्पन्न लोकसभा चुनावमा कांग्रेस सबैभन्दा ठूलो पार्टी बनेको थियो। कांग्रेस नेतृत्वको यूपीए गठबन्धनलाई २५० भन्दा बढी सिट प्राप्त भएको थियो। मनमोहन सिंहपछि प्रणब मुखर्जी, शरद पवार, एके एंटनी र पी चिदंबरमले शपथ लिएका थिए।प्रधानमंत्री कार्यालयले त्यसअघि नै एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमंत्रीका साथ १९ जना मन्त्रीहरुले शपथ ग्रहण गर्ने बताएको थियो।मन्त्रिमण्डलमा प्रमुखताका साथ राखिएका नामहरुमा प्रणब मुखर्जी, पी चिदंबरम, एके एंटनी, कपिल सिब्बल, कमलनाथ, शरद पवार, ममता बनर्जी छन्।मन्त्रिपरिषद्लाई केही दिनमा अझ विस्तार गरी क्याबिनेट मन्त्री, राज्यमन्त्री थपिने बताइएको छ।यसअघि विदेशमन्त्री रहेका प्रणव मुखर्जीलाई यस पटक अर्थमन्त्री बनाउन लागिएको छ भने गृहमन्त्रीमा पी चिदम्बरम कायम रहेका छन्। विदेश मन्त्रालयको कार्यभार कमलनाथले सम्हाल्दैछन्।

No comments: