News

May 22, 2009

दिल्लीबाट काडमाडौं ल्याइएको ३५ केजी विस्फोटक पदार्थ बरामद

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतको नयाँ दिल्लीबाट काडमाडौं ल्याइएको ठूलो मात्राको विस्फोटक पदार्थ प्रहरीले बरामद गरेको छ। नेपाल मन्जुश्री यातायात प्रालिको दिल्ली-काठमाडौं रुटमा चल्ने ना३ख ५६४१ नम्बरको बसमा लुकाइछिपाई ल्याइएको लिक्विड मर्करी नामक विस्फोटक पदार्थ कमलपोखरीस्थित कुमारी मन्दिर छेउबाट बरामद गरिएको प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख उपरीक्षक नवराज सिलवालले जानकारी दिनुभयो। प्रहरीले झन्डै ३५ केजी विस्फोटक पदार्थ बरामद गरेको थियो।राजकुमार श्रेष्ठको नाममा आएको उक्त विस्फोटक पदार्थ बम बनाउन प्रयोग हुने मुख्य पदार्थको रूपमा रहेकाले अपराधी समूहको हातमा उक्त सामान पुगेको भए ठूलो दुर्घटना हुने आंकलन प्रहरीले गरेको छ।प्रहरीले बसका चालक र सहचालक एकबहादुर ढकाल र दीपक दर्जीलाई पक्राउ गरेको भए पनि विस्फोटक पदार्थ ल्याउने श्रेष्ठ फरार रहेको र उनको खोजी भइरहेको जनाइएको छ। प्रहरीले बसबाट भन्सार छली ल्याइएका २७ लाख रुपियाँ मूल्यबराबरका विभिन्न सामान बरामद गरेको छ। प्रहरीले कुर्ता सलवार, साडी, जेनेरेटर, एयर कुलर, बेल्डिङ मेसिनलगायतका विभिन्न इलेक्ट्रोनिक सामग्री बरामद गरेको छ। प्रहरीले बराम गरिएको सामान राजस्व अनुसन्धान विभागमा बुझाएको छ भने विस्फोटक पदार्थलाई सुरक्षित रूपमा राखिएको छ।

No comments: