News

May 21, 2009

कामचलाउ सरकारले गरेका निर्णयप्रति आपत्ति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ७-नेकपा एमालेले एनेकपा माओवादीको नेतृत्वमा रहेको कामचलाउ सरकारले गरेका निर्णयप्रति आपत्ति जनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले औपचारिक राजीनामा दिइसकेपछि सरकारको निर्णयको नाममा केही मन्त्रालय खासगरी अर्थ मन्त्रालयले आफू सम्बद्ध विभिन्न निकायमार्फत अनियमित किसिमले विभिन्न समिति संस्था तथा सङ्गठनलाई विभिन्न शीर्षकमा ठूलो मात्रामा रकम निकासा गरेको रकमान्तरसमेत गरेकोमा आपत्ति प्रकट गरेको छ।सरकार औपचारिक रुपमा हटिसकेको र नयाँ सरकारको गठन सङ्घारमा रहेका बेला गरिएका यस्ता निर्णय तथा कामहरुप्रति आपत्ति प्रकट गर्दै पार्टीले यस्ता अनियमित निर्णयका आधारमा भएका कामलाई अवैध मानी सम्बन्धित निकायलाई त्यस्ता निर्णय कार्यान्वयन नगर्न आग्रहसमेत गरेको छ ।यदि यस्तो आग्रहलाई बेवास्ता गरी निर्णय गरिन्छ र त्यस्ता निर्णयहरुको कार्यान्वयन गरिन्छ भने नेकपा एमाले को नेतृत्वमा गठन हुने सरकारले तिनलाई मान्यता नदिने र अनियमित कामका रुपमा लिई कारबाहीको प्रक्रियालाई समेत अगाडि बढाउने कुरा महासचिव ईश्वर पोखरेलले प्रेस वक्तव्यमार्फत् सम्बन्धित सबै पक्षलाई जानकारी गराउनु भएको छ।

No comments: