News

May 19, 2009

पूर्वराष्ट्रपति बिल क्लिन्टन विशेष दूत नियुक्त हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युयोर्क/ संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन क्यारेबियन मुलुक हाइटीका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत नियुक्त हुने भएका छन् । उनका प्रवक्ताले यो जानकारी गराएका हुन् । एक समाचारपत्रले जनाएअनुसार बिल क्लिन्टनले यदि उनी विशेष दूत नियुक्त भएमा आफ्नो सम्मान भएको ठान्नेछन् । बिल क्लिन्टनले गत वर्ष आँधीले तहसनहस पारेको हाइटीको पुनर्निर्माण गर्न सघाउनेछन् । आँधीले गर्दा एक बिलियन डलरबराबरको धनमाल नोक्सान हुनाको साथै आठ सयजनाको ज्यान गएको थियो । अब संयुक्त राष्ट्रसंघले क्लिन्टनको नयाँ भूमिका तय गर्ने अपेक्षा गरिएको छ । उनले हालै हाइटीका लागि कोष वृद्धि गर्न सघाएका थिए । क्लिन्टनले हाइटीको पुनर्निर्माणका लागि खर्च जुटाउने सिलसिलामा मार्चमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुनसँगै हाइटीको भ्रमण गरेका थिए । त्यसको फलस्वरूप तीन सय मिलियन डलर उठेको थियो । विदेशमन्त्री हिलारी रोधमका पति बिल क्लिन्टनसँग भएको हुनाले उनको नयाँ भूमिका तय गर्न अमेरिकी राज्य विभागका कानुनविद्हरूले अनुमति दिनुपर्ने हुन्छ । हाइटीमा अहिले संयुक्त राष्ट्रसंघका विशेष दूत नरहेको हुनाले दूतका रूपमा बिल क्लिन्टनको के भूमिका हुन्छ अझै स्पष्ट हुन सकेको छैन । समाचारपत्रका अनुसार उनले विशेष दूतका रूपमा कम्तीमा पनि वर्षको चारपटकसम्म हाइटीको भ्रमण गर्नेछन् ।

No comments: