News

May 19, 2009

राष्ट्रपतिले संविधानबाहिर गएर कदम चाले - उपराष्ट्रपति

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
विराटनगर/ उपराष्ट्रपति परमानन्द झाले प्रधानमन्त्री र राष्ट्रपतिले संविधानबाहिर गएर सेनापतिको विषयमा कदम चालेको बताएका छन् । विराटनगर विमानस्थलमा सोमबार बिहान सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले दुवैको तर्फबाट गल्ती भएको औँल्याए । प्रधानसेनापतिलाई हटाउने भनी मन्त्रिपरिषद्ले गरेको निर्णय राष्ट्रपतिमार्फत पठाउनुपर्नेमा सोझै पठाएर मन्त्रिपरिषद्ले गल्ती गरेको र राष्ट्रपतिले पनि मन्त्रिपरिषद्को निर्णयविना नै प्रधानसेनापतिलाई पदमा रहेर काम गर्न पत्र दिएर अर्को गल्ती गरेको उनले स्पष्ट पारे ।अन्तरिम संविधानअनुसार मन्त्रिपरिषद्को निर्णयलाई मात्र राष्ट्रपतिले कार्यान्वयन गर्न सक्ने उल्लेख गर्दै झाले दलहरूले गरेको निर्णय कार्यान्वयन गर्ने व्यवस्था संविधानमा नरहेको बताए ।

No comments: