News

May 23, 2009

पाँचथरमा लिम्बूवानका दुई घटकबीच दोहोरो झडप

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वी पहाडी जिल्ला पाँचथरमा शनिबार फेरि लिम्बूवानका दुई घटकबीच दोहोरो झडप भएको छ। त्यस क्रममा चार घाइते भएका छन्। मन्चसम्वद्ध संघीय लिम्बूवान राज्य परिषद (लिङदेन समूह) र संघीय लिम्बूवान राज्य परिषद् (क्रान्तिकारी) का कार्यकर्ता बीच सदरमुकाम फिदिममा झडप हुँदा क्रान्तिकारी पक्षका ४ जना कार्यकर्ता सख्त घाइते भएका हुन्।घाइते हुनेहरुमा फिदिम-१ का राजकुमार तामाङ लुम्फावुङ-७ का काजिमान लिम्बू र खगेन्द्र राई तथा तेह्रथुम जिल्ला संक्रान्ति-२ का विकास गौतम रहेको प्रहरीले जनाएको छ।घाइतेहरु मध्ये एक जनाको टाउकोमा गम्भीर चोट लागेको र अन्यको शरिरमा निलडाम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई जिल्ला अस्पताल फिदिममा प्राथमिक उपचार पछि सुरक्षाको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको पत्रकार शान्ति राईले जानकारी दिएकी छन्।
गत सोमबार लिङदेन समूहको फिदिम स्थित कार्यालयमा क्रान्तिकारी समूहले आक्रमण गरेएता यी दुई समूहबीच तिक्तता बढेको छ । उनीहरुकै विवादका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिन पछि शुक्रबार साँझदेखि खुलेको छ।

No comments: