News

May 21, 2009

नयाँ प्रधानमन्त्री चुन्नका लागि जेठ ९ गते निर्वाचन हुने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ७ बहुमतबाट नयाँ प्रधानमन्त्री चुन्नका लागि जेठ ९ गते शनिबार निर्वाचन हुने भएको छ। कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा बिहीबार गर्ने भनेको सम्बोधन शुक्रबार अपराह्न ३ बजे हुने भएको छ। बिहीबार अपराह्न ३ बजेका लागि व्यवस्थापिका संसदको बैठक बोलाइएको भए पनि सूचना टाँस गरेर बैठक स्थगित गरिएको थियो।राष्ट्रपतिको कदमविरुद्ध माओवादीले ल्याएको संकल्प प्रस्तावका पक्षमा कुरा नमिलेपछि बैठक बिहीबार बस्न नसकेको हो। सम्बोधनका लागि प्रधानमन्त्री दाहाल लगायत सबै सभासदहरु संविधान सभा परिसरमा पुगिसकेका थिए। सभाअध्यक्ष सुवास नेम्वाङ र विभिन्न दलका प्रतिनिधिहरु भने कार्यव्यवस्था परामर्श समितिको बैठकमा व्यस्त थिए। बैठक नहुने संकेत देखिएपछि दाहाल लगायत एमाले अध्यक्ष झलनाथ खनाल संविधान सभा बैठक कक्षबाट बाहिरिएका थिए। शुक्रबार प्रधानमन्त्रीको सम्बोधनपछि संविधान सभा अध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिको कार्यालयबाट आएका प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएको, राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्री छान्न र बहुमतका आधारमा प्रधानमन्त्री छान्न लेखेको पत्र व्यवस्थापिका संसदसामु पढ्ने छन्।

No comments: