News

May 24, 2009

दुई नाबालिका छोरीको हत्यापछि आत्महत्या गरे महिलाले

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बझाङ, जेठ १० सुनकुडा गाविस-१ धारीकी एक महिलाले शनिबार दुई नाबालिका छोरीको हत्यापछि आत्महत्या गरेकी छन्। मिनबहादुर बिष्टकी ३२ वर्षीय श्रीमती जसुलीदेवी बिष्टले चार वर्षीय छोरी रामकला र आठ महिनाकी छोरी रमिलालाई आफ्नै घरको धुरीमा पासो लगाई झुण्ड्याएर हत्या गरेकी थिइन्। त्यसपछि आफूले समेत सोही ठाउँमा झुण्डिएर आत्महत्या गरेकी बझाङ प्रहरीले जनाएको छ।प्रहरीको एक टोली घटनास्थलतर्फ गइसकेको छ। मीनबहादुर एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा छन्। घटनास्थल सदरमुकाम चैनपुरबाट १८ कोष पश्चिम-दक्षिणमा पर्ने स्थानीय पत्रकार दीपक ओलीले जनाएका छन्।

No comments: