News

May 19, 2009

४८ जना सुरक्षा अधिकृत अख्तियारको कारवाहीमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
४ जेठ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण पेस नगर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४८ जना अधिकृतलाई जनही पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। जरिवाना गरिएकाहरुबाट ३० दिनभित्र सम्पत्ति विवरण पेस गर्न लगाउने निर्णय पनि आयोगले गरेको छ। अख्तियारको कारबाहीमा पर्नेमा वरिष्ठ प्रहरी उपरीक्षकहरु डा।सुमनशमशेर जबरा डा. कोमलकिरण प्रधान, डा.सुरेन्द्रकुमार श्रेष्ठ, डा.भक्तबहादुर सिंह, डा.कन्हैयाबहादुर श्रेष्ठ तथा कायममुकायम प्रहरी वरिष्ठ उपरीक्षक डा.दीनेशचन्द्र पोखरेल र डा.अजितकुमार गुरुङ रहेका छन्।प्रहरी उपरीक्षक डा.आशा सिंह, डा.सुमनराजा श्रेष्ठ, डा.वीरचन्द्र गुरुङ, केशरीराज घिमिरे उत्तमबहादुर सिंह तथा प्रहरी नायब उपरीक्षक यज्ञविनोद पोखरेल, दयानन्द मल्लिक, जगतमान श्रेष्ठ, मीरा थापा, गोपाल मताछे, डा.सुन्दरप्रसाद हैजु, राजु वैद्य, रामदेवी गुरुङ डा.सदरमान ताम्राकार, डा.पङ्कज चौधरी, डा.दीपक श्रेष्ठ, डा.साजयविक्रम श्रेष्ठ र राजेन्द्र बिष्टमाथि समयमै सम्पत्ति विवरण पेस नगरेकोमा आयोगले जरिवाना गरेको हो।आयोगले जरिवाना गरेका अन्य प्रहरी अधिकृतमा प्रहरी निरीक्षक रामप्रसाद चापागाईं, विनोदकुमार भण्डारी, मुरलीमोहन अधिकारी, सुरेन्द्रबहादुर चन्द, रवि पौडेल, गोपिवरिसंह थापा, मीठाराम दाहाल, डा.संज्ञा मल्ल, लालबाबु गिरी, सुजाताकुमारी गुरुङ, गङ्गावती लामा, डा.मनिषा मास्के शर्मा, डा.विपीनकुमार श्रेष्ठ, डा.तृष्णा कक्षपति, छायादेवी गुरुङ, गुरुबहादुर थापा, नवलकिशोर झा, यादवप्रसाद पाण्डे, सावित्री जङ्गम दीलकुमारी गुरुङ र उन्देश्वर तिवारी छन् ।सशस्त्र प्रहरी उपरीक्षक दुर्गाप्रसाद भट्टराई र सशस्त्र प्रहरी नायब उपरीक्षक राजु अधिकारीलाई पनि सोही विषयमा आयोगले जरिवाना गर्ने निर्णय गरेको छ।आयोगले गुठी संस्थानका सह-प्रशासक हेमराज सुवेदी र सोही संस्थानका पूर्व प्रशासक सेमान्तराज चापागाइँमाथि पनि सम्पत्ति विवरण नबुझाएकोमा कारबाही अगाडि बढाएको छ।कुनै पनि सार्वजनिक पद धारण गरेका व्यक्तिले आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र आफ्नो वा परिवारका नाममा रहेको सम्पत्तिको स्रोतसहितको विवरण पेस गर्नुपर्ने कानुनी व्यवस्था छ।

No comments: