News

May 23, 2009

जहाज र हेलिकोप्टर एक आपसमा ठोक्किए

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जेठ ९ त्रिभुवन विमानस्थलमा शनिबार बिहान साँढे पाँच बजेतिर एउटा जहाज र हेलिकोप्टर एक आपसमा ठोक्किएका छन्। मनाङ एयरको हेलिकोप्टर र यति एयरलाइन्सको जहाज ठोक्किँदा जहाजको पुच्छरमा क्षति पुगेको छ। मनाङ एयरको MI 17 हेलिकोप्टर 9N AHT एकाबिहानै यात्रु लिनका लागि लुक्ला गए पनि बाटोबाटै फर्केको थियो। विमानस्थलमा अवतरणको क्रममा हेलिकोप्टरले यति एयरलाइन्सको जेट स्ट्रिम इन्जिन 9N AHV 41 जहाजको पुच्छरमा ठक्कर दिएको हो।विमानस्थल स्रोतका अनुसार दुर्घटनाको जाँज सुरु भएको छ।उता जोमसोमबाट पोखरा विमानस्थलमा अवतरण हुने क्रममा सिता एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण गर्नु परेको छ। जहाजको हाइड्रोलिक प्रेसरमा समस्या उत्पन्न भएको थियो। सिता एयरका अनुसार विमानमा ११ जना नेपाली, २ जना विदेशी र एकजना परिचारिकासहित तीन जना उडान अधिकारी संलग्न थिए। सबै यात्रु सकुशल छन्।

No comments: