News

May 1, 2010

प्रधानमन्त्रीको राजीनामा भनेको त सम्बोधन पो गरे

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
०१ मे,२०१०, प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रकृया र संविधान निर्माणका बाधक प्रमुख प्रतिपक्षी माओवादी बनेको आरोप लगाएका छन्। नेपालले मुलुकलाई अस्तव्यस्तमा कुनै पनि सरकारले छोड्न नमिल्ने उल्लेख गर्दै राजीनामा नदिने दोहोर्‍याएका छन् । लोकतान्त्रिक पद्धति, संवैधानिक र कानुनी व्यवस्थाको परिपालना, शान्ति सुरक्षा र अमनचैन कायम गर्न राज्यका सबै अंग र निकायको दायित्व हुनेसमेत उनले उल्लेख गरेका छन् शनिबार साँझ नेपाली जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री नेपालले जवरजस्ती र हिंसाको बाटो रोजे त्यसलाई रोक्नु राज्यका सबै अंगहरुको दायित्व हुने उल्लेख गरेका हुन् ।प्रधानमन्त्री नेपालले आफ्नो नेतृत्वमा सरकार नबनृसम्म शान्ति प्रकृया र संविधान निर्माण हुन नदिने बताएको उल्लेख गर्दै यि सबै प्रकृयामा बाधक प्रमुख प्रतिपक्षी माओवादीले बनेकोसमेत आरोप लगाएको छ ।साथै उनले संसदको बहुमतबाट निर्वाचित भएर आएको सरकार सहमतिका आधारमा र विधिसम्मत प्रक्रियाबाट मात्र परिवर्तन हुनसक्ने उल्लेख गर्दै सहमतिको आधारमा अघि बढ्ने मार्गचित्र तयार गरेपछि मात्र आफु अघि बढ्न तयार रहेको उल्लेख गरेका छन् ।

No comments: