News

Jan 6, 2012

हिमपातका कारण हुम्लाको जनजिवन प्रभावित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
हिमाली जिल्ला हुम्लामा बिहीबार पुन:हिमपात सुरु भएको छ। यसाघि गत आइतबार हिमपात भएको थियो। आइतबार भएको हिमपातले बन्द हवाई सेवा हिउँ पग्लेपछि बुधबार सुचारु भए पनि बिहीबार फेरी रोकिएको छ। दिउँसोबाट पुन: हिउँ पर्न सुरु भएपछि सिमकोटमा ६ इन्च बाक्लो हिउँ जमेको छ। हिमपात साँझसम्म जारी छ। हिउँ परेपछी एक्कासी जाडो बढेकाले स्नातकको परिक्षा दीरहेका विधार्थी प्रभावित भएका छन्। जाडोले हातै बाहिर निकाल्न नसकिने अवस्था भएकोले लेख्न नसकिएको उनीहरुको गुनासो छ। हुम्लाको ताप्क्रम शुन्य डिग्री छ।हिउँ परेर चिसो बढेपछि कार्यालयसमेत समयमा खुलेका छैनन्। उधोग वाणिज्य संघ अध्यक्ष नरबहादुर रोकायाले भने' कामको सिलसिलामा धेरै कार्यालय पसें तर कुनै कार्यालयमा पनि कर्मचारी भेटिँन। 'उत्तरी भेगमा चीन सीमा जोडीएका लिमी र मुचु गाविस बढी प्रभावित छन्।

No comments: