News

Jan 16, 2012

वामपन्थी दलसित एकता गर्न एमालेको कार्यदल गठन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ २,नेकपा (एमाले)ले अन्य वामपन्थी दलहरुसँग पार्टी एकताका लागि वार्ता गर्न पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलका सदस्यहरुमा केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेल रहेका छन्। पार्टीको आज बसेको स्थायी कमिटीको बैठकले यस्तो निर्णय गरेको उपाध्यक्ष अशोक राईले बताए। बैठकले पार्टीको भ्रातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठनको विवाद मिलाउन राई र सचिव विष्णु पौडेल रहेको अर्को कार्यदल पनि गठन गरेको छ। राईका अनुसार राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकको प्रतिवेदन तयार गरी ल्याउने र अर्को बैठकमा त्यसलाई अन्तिम रुप दिने निर्णय पनि गरेको छ। स्थायी कमिटीको अर्को बैठकको मिति तय नभए पनि छिट्टै बस्ने तयारी रहेको उनले बताए।

No comments: