News

Jan 13, 2012

चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ भोलि नेपाल भ्रमणमा आउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
चिनियाँ प्रधानमन्त्री वेन जियाबाओ नेतृत्वको टोलि भोलि नेपाल भ्रमणमा आउने भएका छन् । उनी भोलि ११ बजे काठमाडौँ आइपुग्ने र भोलि नै कतारको दोहातर्फ जाने जनाइएको छ । चिनियाँ प्रधानमन्त्रीको भ्रमणबारे सरकारले अहिलेसम्म जानकारी गराएको छैन । तर उनको स्वागतका लागि भने तयारी सुरु गरिएको जनाइएको छ । जियावाओको सुरक्षा र स्वागतका लागि सरकारीस्तरबाट तयारी भइरहे पनि गोप्य राखिएको छ । प्रधानमन्त्री जिआबाओ त्रिभुवन विमानस्थलपछि सिधै प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार जाने कार्यक्रम रहेको बुझ्नमा आएको छ । यसअघि प्रधानमन्त्री पुष पहिलो साता नेपाल भ्रमणमा आउने जनाइए पनि स्थगित भएको थियो । एक दशकपछिको चीनको यो सबैभन्दा उच्चस्तरको नेपाल भ्रमण हुन लागेको हो । यसअघि एक दशक अघि मात्रै चीनका तत्कालिन राष्ट्रपति जियाङ् जमिन नेपाल भ्रमणमा आएका थिए ।

No comments: