News

Jan 17, 2012

बाबुरामले बोलाएको बैठक कांग्रेस र एमालेद्वारा बहिष्कार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
प्रधानमन्त्री डा.बाबुराम भट्टराईले बोलाएको बैठकको कांग्रेस र एमाले बहिष्कार गरेका छन् । आज शान्ति मन्त्रालयमा बोलाइएको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताले बैठकको वहिष्कार गरेका हुन । भट्टराईले शान्ति र संविधान निर्माणका क्रममा देखिएको गतिरोध अन्त्य गर्न एकीकृत माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको संयुक्त बैठक बोलाएका थिए । माओवादीले सशस्त्र युद्धका क्रममा कब्जा गरेको घरजग्गा किनबेच, अंशबण्डा लगायतका निर्णयलाई मान्यता दिने सरकारी निर्णयको विरोध गर्दै दुई ठूला प्रतिपक्षि दलले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गरेका हुन । कांग्रेस सभापति सुशील कोइराला र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सरकारले द्वैवैध चरित्र देखाएकाले उसको विश्वास गर्न नसकिने भन्दै बैठक बहिष्कार गरेको बताएका छन् ।

No comments: