News

Jan 11, 2012

थारुवानद्वारा पूर्वका ६ जिल्ला बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इटहरी, पुस २७- पूर्वी थारुवान कोचिला राज्य घोषणा र तराइका आदिवासीलाई सेनामा सामुहिक प्रवेशको माग गर्दै थारु समुदायले आह्वान गरेको बन्दका कारण पूर्वाञ्चलका ६ जिल्लाको जनजीवन प्रभावित भएको छ। झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरमा बन्दको प्रभाव देखिएको छ। सुनसरीमा बिहानैदेखि यातायातका साधन चलेका छैनन्। यातायातका साधन नचलेपछि छोटो यात्राका लागि हिँडेका यात्रु चर्को भाडा तिरेर रिक्सामा यात्रा गर्न बाध्य भएका छन्। एकपछि अर्को समुहले पूर्वका जिल्लामा श्रृख्लाबद्ध रुपमा बन्द-हड्ताल गर्दै आएकाले सर्वसाधारण सास्ती भोग्न बाध्य छन्। पूर्वमा बन्द गर्नेको होडबाजी नै चल्ने गरे पनि सरकारले भने सार्थक प्रयास गर्ने गरेको छैन्। एकीकृत माओवादी सभासद सन्तोष थारुको नेतृत्वमा गठन भएको पूर्वी थारुवान कोचिला राज्य समितिलाई वार्तामा आउँन सरकारले आह्वान गरीसके पनि औपचारिक पत्र नआएकाले गर्दा बन्द फिर्ताबारे पुनःविचार गर्न नसकिएको जानकारी दिए। 'अहिलेसम्म सञ्चार माध्यामबाट वार्तामा बोलाएको चाँहि जानकारी पाइयो तर पत्र नआएकाले गर्दा वन्द फिर्ता लिनेबारे यसै भन्न सकिएको छैन,' थारुले भने। सघर्ष समितिले पुर्वका ६ जिल्लालाई समेटेर थारुवान कोचिला राज्य घोषणा गर्नुपर्ने र थारु, दनुवार, राजवंशी, राजधामी, धिमाल, मेचे, झागड, सन्थाल, दराई, गनगाई, ताजपुरिया लगायतका जातजातिका युवालाई सेनामा प्रवेश गराईपर्ने माग राखेर पुस पहिलोसातादेखि चरणबद्ध आन्दोलन गर्दै आएको छ।

No comments: