News

Jan 17, 2012

आनन्द रानोहोछाद्धारा मुक्तक संग्रह मनोवादको विमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, १५ जनवरी, साहित्यकार आनन्द रानोहोछाद्धारा लिखित मुक्तक संग्रह मनोवादको विमोचन भयो । अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गरेका स्व. विजय राइको सम्मानार्थ आयोजित भब्य साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट आउनु भएका गायक राजेश पायल राईको बाहुलीबाट उक्त कृतिको विमोचन भयो । युद्धभूमिमा लेखिएका मुक्तकहरुको डायरी यहाहरुलाई पस्केको छु मुक्तककार रानोहोछाले भने । जम्मा ८१ वटा मुक्तकहरु समेटिएको संग्रहलाई प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई /वेलायतले प्रकाशन गरेको हो ।

No comments: