News

Jan 14, 2012

अबको एक साताभित्र स्थानिय निकाय पुनर्गठन गरिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
स्थानिय बिकासमन्त्री टोपबहादुर रायमाझीले अबको एक साताभित्र स्थानिय निकाय पुनर्गठन गरिने बताउनुभएको छ । देउखुरीको लमहीमा आज बिहान संचारकर्मीहरुसँग मन्त्री रायमाझीले सविधानसभामा प्रतिनिधित्व गर्ने दलको संख्याको अनुपातलाई आधार मानेर स्थानीय निकाय पुनर्गठन हुने बताउनु भएको हो। नगरपालिका गठनका बिषयमा अहिले केहि विवाद रहेको बताउँदै उहाँले मन्त्रालयमा दर्ता भएका थप ७५ नगरपालिका सबैलाई उचित मापदण्ड निर्धारण गरी नगरपालिका घोषणा गरिने र यसका लागि करिब दुई महिना लाग्न सक्ने जानकारी दिनुभयो ।

No comments: