News

Jan 17, 2012

मन्त्रिपरिषद्‍द्वारा लडाकुका लागि २ अर्ब विनियोजित

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ३,स्वेच्छिक अवकाशमा जाने माओवादी लडाकुहरुका लागि सरकारले झन्डै दुई अर्ब रुपियाँ छुट्याउने निर्णय गरेको छ। मन्त्रिपरिषद्ले शान्ति मन्त्रालयबाट माओवादी लडाकुलाई पहिलो किस्ताका र घर जाने खर्चसमेत उपलब्ध गराउन १ अर्ब ९७ करोड ५ लाख ६८ हजार रुपियाँ दिने निर्णय गरेको हो। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले १० मुलुकमा राजदूत चयन नियुक्त गरेको छ भने छ सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ। सरकारले स्विटजरल्यान्डका लागि शंकर वैरागी, डेनमार्कमा मुक्तिनाथ भट्ट, अस्ट्रेलियाका लागि रुद्र नेपाल र राममणि पोखरेललाई वेल्जियमका लागि राजदूत नियुक्त गरेको छ। त्यसैगरी, भरतराज पौडेललाई पाकिस्तान, पारशमणि घिमिरे म्यानमार, प्रल्हाद प्रसाई इजरायल, रविमोहन सापकोटा रसिया, कमानसिंह लामा दक्षिण कोरिया र मायाकुमारी शर्मालाई कतारका लागि राजदूत नियुक्त गरेको छ। बैठकले सहसचिवहरु अर्जुन भण्डारी, हरिराम कोइराला, धरणीधर खतिवडा, दुर्गा भट्टराई, कृष्णचन्द्र पौडैल र तिलक शर्मालाई सचिवमा बढुवा गरेको छ।

No comments: