News

Jan 18, 2012

थाहै नपाई बैंकको पैसा चोर्ने भाइरस भेटिएको दाबी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ट्रस्टियर नामक इजरायली सुरक्षा र्फमले हालै बैंकको खाताबाट थाहै नपाई पैसा चोर्ने भाइरस भेटिएको दाबी गरेको छ। उक्त संस्थाले उल्लेख गरेअनुसार यो भाइरसले पैसा चोरेको निशानसमेत मेटाएर जान्छ। बैंकको पैसा चोर्ने बेलामा उच्च सुरक्षा क्षमताको स्वचालित भिडियो क्यामेरालाई पनि ह्याक गर्ने प्रविधि यसमा छ। स्पाई आई ट्रोजान हर्स नामक नयाँ खाले उक्त भाइसरले बैंक र खाताबालबीचको सबै गोप्य सूचना, खाता नम्बर, पैसा झिक्ने पास वर्ड आदि सूचना विवरणहरू चोरेर ह्याकरलाई उपलब्ध गराउँछ। अचम्मलाग्दो त के छ भने यो भाइरसले लेखापरीक्षण गर्ने र हिसाब मिलान गर्ने काम पनि आफैं गरिदिन्छ। त्यति मात्र होइन, ह्याकरले चाहेको खण्डमा उक्त भाइसरले काम तमाम भएपछि बैंक र खातावालाबीचको इन्टरनेट लिंकका साथै वेबपेज पनि मेटाइदिन्छ। यसरी ह्याकरले बैंकको खाता नम्बर, डेबिट कार्ड नम्बर, एटीएम कार्ड नम्बर र पासवर्ड प्रयोग गरेर सामान खरिद गरिसकेको हुन्छ, तर बैंक खाताबाट पैसा हराएको खातावाललाई थाहा हुँदैन। यो भाइरसले बैंकको पैसा चोरी गर्न थालेको केही महिनामात्र भएको ट्रस्टियर नामक संस्थाको कथन छ।

No comments: