News

Jan 5, 2012

नगेन्द्र ईङनामको "कोसेली परदेशबाट" कविताकृति बिमोचन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्यूयोर्क, न्यूयोर्क शहरस्थित ज्याक्सनहाईट्समा शनिबार डिसेम्बर ३१ का दिन यूएसनेपाल मिडिया सेन्टर इन्क र विश्व नेपाली साहित्य महासंघको संयुक्त आयोजनामा कवि नगेन्द्र ईङनाम "आठराईली" द्वारा लिखित कविता सङ्ग्रह "कोसेली परदेशबाट" को बिमोचन कार्यक्रम सम्पन्न भयो । विश्व नेपाली साहित्य महासंघको तर्फबाट प्रकाशित उक्त कविता सङ्ग्रहको अन्तरराष्ट्रिय साहित्य समाजका केन्द्रीय समितिकी महासचिव गीता खत्रीको प्रमुख अतिथ्यमा उनीबाट बिमोचन भएको थियो । सो कार्यक्रममा वरिष्ठ साहित्यकार अमर नेम्बाङ लिम्बुले सो कविता सङ्ग्रहमाथि विवेचना गरेका थिए भने प्रा.डा.गोविन्द कोइराला,सन्तोष थपलिया,शैलेस श्रेष्ठ,सीता खरेल,राजाराम क्षेत्री,मनु लोहोरुङ,बिनोद रोका,देवेन्द्र लिम्बू लगायतले पत्रकार तथा कवि "आठराईली" र उनको कृतिको सन्दर्भमा बोलेका थिए । युएस नेपाल अनलाईन डटकमका प्रमुख सम्पादक प्रदीप थापाबाट सञ्चालित सो कार्यक्रमलाई यूएसनेपाल मिडिया सेन्टर इन्कका अध्यक्ष दावा ल्होबा शेर्पाले अध्यक्षता,उत्तर अमेरिका साहित्य प्रतिष्ठानका उपाध्यक्ष बिनोद रोकाले उपस्थितिलाई स्वागत र अन्तरराष्ट्रिय साहित्य समाज न्यू योर्क च्याप्टरकी उपाध्यक्ष सीता खरेलले धन्यवाद ज्ञापन गरेका थिए । न्यू योर्कमा रहेका नेपाली साहित्यकारहरुको उल्लेख्य उपस्थिती रहेको सो पुस्तक बिमोचन कार्यक्रममा भर्खरै निधन भएका साहित्यकार दैबज्ञराज न्यौपानेको सम्मान र उनको आत्माको चीर शन्तिकोलागि एक मिनेट मौनधारण गरिएको थियो । कवितामार्फत बिनोद रोकाले "आठराईली" को प्रशंसामा मन्त्रमुग्ध चार हरफ कविता वाचन गरेका थिए :
"ईङनाम आठराई सहितको विश्व देख्छन्
कथा,मीठा गीत कविता र गजल लेख्छन्
जात धर्म र क्षेत्रभन्दा यी उठ्छन माथि
त्यसैले त बनेकाछन सबैको प्रिय साथी " -(कवि बिनोद रोका)

No comments: