News

Jan 13, 2012

आदिवासी जनजातिको आत्मनिर्णय बारे धरानमा सम्मेलन हुँदै

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २९ - आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास सम्बन्धी अन्तरराष्ट्रियस्तरको सम्मेलन आगामी माघ ५ देखि ७ गतेसम्म पूर्वाञ्चलनको धरानमा हुने भएको छ । सम्मेलन आयोजक समितिले शुक्रवार पत्रकार सम्मेलन गरी आदिवासी जनजातिको आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यासको लागि रणनीति र मार्ग चित्र सम्मेलनले तयार पार्ने जानकारी दिईयो । सम्मेलनमा ६५ भन्दा बढी आदिबासी जनजाति संघसंस्थाहरु राजनीतिक पार्टी, दलका आदिबासी जनजाति भातृसंगठनका प्रतिनिधिसहित ५ सय भन्दा बढीको सम्मेलनमा सहभागिता रहने जनाएको छ । सम्मेलनमा आदीबासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको कार्यान्वयन, आईएलओ महासन्धीको कार्यान्वयन र राज्यको पुर्नसंरचनमा सविधानसभाको समितिको प्रतिवेदनलाई उल्टाएर आदिबासीको पहिचान अन्त्य गर्ने षडयन्त्र भईरहेको आशंका ब्यक्ति गर्दै आयोजक समितिका अध्यक्ष अर्जुन नुगो लिम्बुले ति सबै आशंकाहरुको विषयमा छलफल गरेर ठोस रणनीति तय गरिने जानकारी दिए । सम्मेलनमा नेपालमा संघीयताको अवस्थामा आत्मनिर्णयको अधिकार र स्वायत्तताको अभ्यास कसरी गर्ने भन्ने विषयमा कायम रहेको अन्यौलता र भ्रमको अन्त्य गर्न रणनीति र मार्ग चित्र नै बनाउने लिम्बुले बताए ।

No comments: