News

Jan 17, 2012

बेलायती सैनिक कटौतीमा परी ४ सय नेपालीको जागिर गुम्ने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ३,बेलायती सेनाले मंगलबार दोस्रो चरणको सैनिक कटौतीको घोषणा गरेपछि गोर्खा ब्रिगेडमा रहेका ४ सय नेपालीले आफ्नो जागिर गुमाउने भएका छन्। यो चरणमा २ हजार ९ सय बेलायती सेनाले जागिर गुमाउन लागेको काठमाडौंस्थित बेलायती राजदूतावासले प्रेस वक्तव्यमार्फत जानकारी गराएको छ। '२ हजार ९ सय अवकाश पाउँदा करिब ४ सय गोर्खाहरु पनि पर्ने अनुमान गरिएको छ,' दूतावासद्वारा जारी वक्तव्यमा उल्लेख छ। दूतावासले जनाएअनुसार सन् २००७ मा सेनालाई आधुनिककीकरण गरेपछि गोर्खा सेनाको आकार बढेको छ भने उनीहरुले १५ वर्षको तुलनामा २२ वर्षसम्म सैनिक सेवामा रहन पाएका छन्। 'प्रभावित सबैलाई १२ महिनाको सूचना दिइनेछ र उनीहरुलाई गैरसैनिक जीवनयापनका लागि रोजगारीसहितका विशेष कार्यक्रमहरु उपलव्ध गराइनेछन्,' वक्तव्यमा उल्लेख छ। बेलायती रक्षा मन्त्रालयले ३९ अर्ब पाउण्ड स्टर्लिङ रक्षा बजेट घटाउन सेनाको संख्या कटौती गर्ने निर्णय गरेको हो।

No comments: