News

Jan 14, 2012

कोरियाले यो वर्ष ५७ हजार प्रवासी कामदार भित्र्याउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/देवेन्द्र सम्बाहाम्फे
सोल, पुस ३० - दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत सन् २०१२ मा पन्ध्र मुलुकका ५७ हजार विदेशी कामदार भित्र्याउने भएको छ । सरकारले यसबारे डिसेम्बर २९ मा निर्णय गरेको जनाउँदै कोरियाली श्रम तथा रोजगार मन्त्रालयले उल्लेख गरेको छ । यो संख्या गत वर्षको तुलनामा नौ हजार बढी हो । मन्त्रालयले ५७ हजार कामदारको क्षेत्र बर्गीकरण पनि गरेको छ । जस अनुसार ४९ हजार औद्योगिक उत्पादन क्षेत्रमा, ४ हजार ५ सय कृषि क्षेत्रमा, १ हजार ७ सय ५० मत्स्य पालन, १ हजार ६ सय कन्स्ट्रक्सन र १ सय ५० सेवा क्षेत्रका लागि हुनेछ । ५७ हजार कोटा मध्येबाट ११ हजार भने एउटै कम्पनीमा लगातार चार वर्ष दश महिनाको करार अवधि पूरा गरी स्वदेश फर्केर पुन कोरिया आउन चाहने दक्ष कामदारका हरुका लगि छुट्ट्याइएको छ । तर यस्ता कामदारहरुले बिशेष भाषा परीक्षा उत्तीर्ण र काम सम्बन्धी दक्षता हासिल गरेको हुनु पर्ने छ ।
औद्योगिक क्षेत्रबाट आएको कामदारको मागलाई मूल्यांकन गरेर वर्षको पहिलो छ महिनाभित्र ६० प्रतिशत कामदार भित्र्याइ सकिने पनि जनाइएको छ । यसको लागि नेपाल सहित पन्ध्र मुलुकबाट कोरियन भाषा उत्तीर्ण गरेकाहरु मध्येबाट आपूर्ति गरिने छ । औद्योगिक उत्पादन र कृषि तथा पशु पालनमा बाहेक कन्स्ट्रक्सन, मत्स्यपालन र सेवा क्षेत्रको निम्ति हालसम्म नेपाली कामदार माग गरिएको छैन । यसै सन्दर्भमा कोरियाको कृषि क्षेत्रमा कामदारहरुको अभाव रहेको यहाँका समाचारपत्रहरुले जनाएका छन् । कृषि क्षेत्रमा सिमितमात्र कोटा रहेकोले कृषक(मालिक)हरु ख्यङगीदोको ईछनमा रहेको श्रम तथा रोजगार मन्त्रालयको रोजगार प्रवद्र्धन केन्द्रमा विदेशी कामदार पाउन प्रतिस्पर्धा गर्दै रातभर लाइन लाग्ने गरेको उल्लेख गरिएको छ ।
कोरियाली सरकारको यो निर्णयले तेश्रो ईपीएस टोपिक पास गरेर बसेका १६ हजारभन्दा बढी नेपाली युवाहरुको सपना पुरा हुने देखिएको छ । कम लागतमा सुरक्षित र राम्रोकमाइ हुने आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा हाल १४ हजार नेपाली कामदार कार्यरत छन् जसमध्ये १० हजारभन्दा बढी ईपीएस मार्फत आएका हुन् ।

No comments: