लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २३ - कांग्रेस र एमालेले प्रधानमन्त्री बाबुराम भट्टराईका कारण शान्ति प्रक्रियामा अवरोध उत्पन्न भएको निष्कर्ष निकालेका छन् । शान्ति प्रक्रियामा भइरहेको ढिलाई बारे छलफल गर्न दुई दलको बैठक शनिबार एमाले संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको थियो । प्रतिपक्षी दुवै दलले प्रधानमन्त्री भट्टराई तथा माओवादी पार्टीले विभिन्न बहाना बनाएर शान्ति प्रक्रिया लम्ब्याउन खोजेको आरोप लगाएको छ । लडाकुको वर्गीकरण भइसकेपनि उनीहहरुको बिदाई तथा समायोजन प्रक्रिया सुरु नगरेर प्रधानमन्त्रीले शान्ति प्रक्रिया तत्काल टुंग्याउन नचाहेको निष्कर्ष दुई दलको रहेको छ । लडाकुसंगै नयाँ निर्वाचनमा जाने माओवादीको रणनीति देखिएको बैठकपछि कांग्रेस नेता रामशरण महतले बताए । उनले समायोजन र पुनःस्थापनाको काम नबढाएसम्म विश्वासको वातवरण नबन्ने उल्लेख गरे । त्यस्तै एमाले नेता भीम रावलले माओवादी ७ बुँदे सहमितबाट पछाडि हटेको आशंका उत्पन्न भएको बताए । उनले विशेष समितिमा तत्काल काम सुरु गर्ने निर्णय भएपनि व्यवहारमा कार्यान्वयन नभएकोमा अविश्वास बढेको जनाए । शान्ति र संविधानको काम संगसंगै बढ्नुपर्नेमा माओवादीले शान्ति प्रक्रियालाई ध्यान नदिएको दुई दलले ठहर गरेको छ । दुई दलको बैठक फेरि ४ बजे बस्ने भएको छ ।
No comments:
Post a Comment