News

Jan 18, 2012

पेट्रोलियमको मूल्य वृद्धिप्रति माओवादी विद्यार्थीकै तीव्र विरोध

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४,दैनिक जनजीविकाको सन्दर्भमा विशेष राहतका प्याकेज ल्याएर नेपाली जनताको दैनिकीलाई सहज बनाउनुपर्ने सरकारले फेरि त्यसको विपरित ग्यास र पेट्रोलियम पदार्थमा एकाएक मूल्य वृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको आरोप माओवादीकै विद्यार्थी सङ्गठनले लगाएको छ। मी सरकारको यो जनविरोधी निर्णयको घोर भर्त्सना गर्दछौं भन्दै उसले विज्ञप्तिमार्फत् भनेको छ- तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता गर्न हामी गम्भीर चेतावनी दिन चाहन्छौं। ग्यास, मट्टितेललगायत् दैनिक उपभोग्य वस्तुमा व्यावसायिक र उपभोग्य प्रयोजनमा दोहोरो मूल्य कायम गर्ने तयारी अन्तिम अन्तिम पुगेको हवला दिइरहेको बेला एकाएक मूल्य वृद्धि गर्नुले सरकार जनताप्रति उत्तरदायी नभएको आभाष भएको पनि उसले जनाएको छ। यसकारण तत्काल मूल्य वृद्धिको निर्णय फिर्ता गर्न हामी गम्भीर चेतावनी दिन चाहन्छौं, विज्ञप्तिमा उल्लेख छ- अन्यथा सरकारले कठोर सडक आन्दोलनको निम्तो गरेको र त्यसको सम्भावित परिणामको जवाफदेहिता लिन तयार हुन हामी चुनौती दिन चाहन्छौं।

No comments: