News

Jan 19, 2012

सरकारी निर्णयको बिरोधमा कांग्रेस-एमाले एक ठाउँमा

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ५ प्रतिपक्षी दलहरु कांग्रेस र एमालेले कथित 'जनसत्ता' ले गरेको निर्णयलाई वैद्यता दिने सरकारी निर्णय फिर्ता नभएसम्म बिरोध जारी राख्न सहमत भएका छन् । सिंहदरवारमा बिहीबार दुई दलको बसेको बैठकले सरकारको उक्त निर्णय वर्तमान अन्तरिम संविधान,शान्ति सम्झौता र ऐन,कानुन विपरीत रहेको ठहर समेत गरेको छ । दुवै दलले शान्ति र संविधानको काममा बाधा पुर्‍याउने गरी कुनै कार्य नगर्न सरकारलाई आग्रह समेत गरेको छ । बैठकपछि एमाले अध्यक्ष झलनाथ खनालले कथित 'जनसत्ता'ले गरेको जग्गा किनबेचको गरेको निर्णयप्रति दुवै पार्टीको गम्भीर आपत्ति रहेको बताए । उनले उक्त निर्णय फिर्ता लिएर शान्ति र संविधानका लागि सहज वातावरण बनाउन सरकार र माओवादीलाई दवाब दिने सहमति भएको बताए ।
त्यस्तै,कांग्रेस नेता रामचन्द्र पौडेलले सरकार सहमति बाहिर गएर मनपरी चलेको आरोप लगाए । उनले सरकारले गरेको निर्णय फिर्ता नभएसम्म दुवै दलले बिरोध जारी राख्ने निर्णय गरेको जानकारी दिए । पौडेलले भने-'शान्ति र संविधानमा माओवादीको अभिरुची नै देखिन छाडेको छ । यो गम्भीर चिन्ताको विषय छ ।'
युद्धकालमा माओवादीले गठन गरेको 'जनसत्ता'ले जग्गा किनबेच सम्बन्धी गरेका विभिन्न निर्णयहरुलाई वैद्यता दिने केही दिन अगाडि मन्त्रिपरिषद्ले गरेको निर्णय सार्वजनिक भएपछि प्रतिपक्षी दुवै ठूला दल त्यसको बिरोधमा उत्रिएका छन् । दुवै दलले प्रधानमन्त्रीले बोलाएको बैठक बहिष्कार गर्नुका साथै संसद समेत अवरुद्ध पारेका थिए ।

No comments: