लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं/हरिस्चन्द्र लावती,
१० जनवरी २०१२,“संघीयता, स्वायत्तता, समावेशी अभियान । दिगो शान्ति, समृद्धि, संखुवाखोला - अरुण - सप्तकोशी पूर्व लिम्बुवान ।” भन्ने मूल नाराको साथ मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिले मंकी हिल बिबिक्यू स्पटमा आइतबार ८ जनवरी २०१२ का दिन लिम्बुवानी परिचयात्मक तथा भेटघाट कार्यक्रम भब्यताका साथ ग-यो । सो कार्यक्रममा चुम्लुङ हङकङका उपाध्यक्ष हस्त लिबाङ, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा हङकङ समितिका अध्यक्ष एम बि थोप्रा, सनराइज साप्तहिकका सम्पादक तथा जनजाति महासंघका भुपू अध्यक्ष भुपेन्द्र चेम्जोङ, लिम्बु भाषाका बरिष्ठ गायककार भगत सुब्वा, तेह्रथुम हङकङ मञ्चका अध्यक्ष त्रिभुवन लुङफुङ्वा, किरात रार्इ यायोख्खा हङकङका अध्यक्ष तथा एभरेष्ट साप्ताहिकका सम्पादक किशन रार्इ हरुलाई अतिथिको रुपमा आशन ग्रहण गराइएको थियो । आशन ग्रहण गराउने क्रममा मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समितिका बरिष्ठ सल्लाहकार प्रदिप कन्दङ्वा, मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति कैं सल्लाहकारहरु भगिराज चोङवाङ, नबिन सांवा हरु पनि हुनुहुन्थ्यो ।
अतिथिहरुवाट मन्तब्यको क्रममा सनराइज साप्ताहिकका सम्पादक भुपेन्द्र चेम्जोङ्ले भन्नुभयो “म लिम्बु हु, त्यसैले र्सवप्रथम लिम्बुवानवासी र त्यसपछी मात्र नेपाली हुं भन्नु भयो । आदिवासी लिम्बुहरुको सम्पूर्ण हकअधिकार कायम गर्नका लागि लिम्बुवान स्वायत्त राज्य बाहेक अर्को बिकल्प नभएको कुरा बताउनु भयो ।” चुम्लुङ हङकङका उपाध्यक्ष हस्त लिबाङले भन्नु भयो “लिम्बुहरुको भाषा, लिपी, संस्कार कानूनी रुपमा संरक्षण गर्नको लागि लिम्बुवान स्वायत्त राज्य हुनु आवश्यक छ ।” त्यस्तै लिम्बु भाषाका बरिष्ठ गायाककार भगत सुब्वाले भन्नुभयो “लिम्बुवानवादी संगठनहरु विभाजित भएका छन्, विभाजन हुनुको मुख्य कारण वैचारिक र सैद्धान्तिक फरक नैं हो । सैद्धान्तिक रुपमा फरक भए पनि लिम्बुवानको साझा मुद्धामा एक जुट हुनुपर्दछ ।”
मन्तब्य कैं क्रममा मञ्च सम्वद्ध संघिय लिम्बुवान राज्य परिषद प्रवास कार्य समिति हङकङका बरिष्ठ सल्लाहकार प्रदिप कन्दङ्वाले भन्नु भयो “संविधान सभाले वनाउन लागेको नेपालको नयां संविधान संघीयता र राज्यपुनसंरचनाको सवालले नै अल्झेको छ, संघीयता विरोधी र एकात्मकवादीहरुकैं कारण नैं संविधान सभावाट अग्रगामी संविधान नवनाई यथास्थिति वि.सं. २०४७ सालकैं संविधान जस्तो वनाउन लागि परेका छन् भन्नु भयो ।” मन्तब्यको अन्त्यमा मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा नेपाल लिम्बुवानका केन्द्रिय नबराज काम्बाङले भन्नुभयो “लिम्बुवान प्राप्तिको लागि लिम्बुवानमा नैं गएर प्रत्यक्ष रुपमा जनजागरण, जनचेतना र संगठन विस्तार गर्नुपर्दछ । विदेशमा कुनै कार्यक्रम गरेर मात्र लिम्बुवान प्राप्त गर्न नसकिने कुरा ब्यक्त गर्नुभयो । लिम्बुहरुको भाषा, लिपी, धर्म, संस्कार र आफ्नो लिम्बुवान भुमी मुक्तिको लागि आफ्नै लिम्बुवानवाट स्रिजित भएको झण्डा उठाउनु पर्दछ । ठूला पार्टीका नेताहरुले लिम्बुवान राजनैतिक संगठनको कुनै सिद्धान्त र विचार विनाको भन्ने गर्दछन् । त्यसैले अब लिम्बुवानले आफ्नै सिद्धान्त, विचार र अर्थतन्त्र विकास गरेको छ । र लिम्बुवानमा नै विकास भएको संघीय सह-अस्तित्ववाद, इको इकोनमी अर्थतन्त्र र लिम्बुवानी राष्ट्रवादवाट मात्र लिम्बुवानको मुक्ति हुन सक्दछ । उहांले थप्नुभयो, लिम्बुवान भुमी मुक्तिको लागि विदेशवाट भित्र्याइएको विदेशीवाद र सिद्धान्तले लिम्बुवानलाई झुक्याउने, षडयन्त्र गर्ने, ऐतिहासिक लिम्बुवानको भूगोललाई टुक्र्याउने, लिम्बुवानी जनतालाई भोट बैंकको रुपमा प्रयोग गर्ने र सधै एकात्मककरण गर्ने गर्दछन् भन्नु भयो ।”
उक्त कार्यक्रमको सञ्चालन परिषद कैं का.बा. सचिब हरिस्चन्द्र लावतीले गर्नु भएको थियो भने । स्वागत मन्तब्य मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका उपाध्यक्ष बिष्णु इङ्नामले गर्नु भएको थियो । लिम्बुवानी सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको उक्त कार्यक्रममा, गत मंसिर १० गते केन्द्रिय कार्य समितिले लाखौको संख्यामा बिराटनगरमा सम्पन्न भएको कार्यक्रमको लागि आर्थिक सहयोग गर्ने लिम्बुवान प्रेमी महानुभावहरुलाई मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद केन्द्रिय कार्य समितिले पठाएको प्रशंसा धन्यवाद पत्र परिषदका अध्यक्ष नबराज काम्बाङ्ग र उपाध्यक्ष उपाध्यक्ष विष्णु इङ्नाम मार्फत हस्तान्तरण गरिएको थियो । सो कार्यक्रम मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद हङकङ प्रवास कार्य समितिका अध्यक्ष तथा केन्द्रिय सदस्य नबराज काम्बाङ्गको सभापतित्वमा सम्पन्न भएको थियो ।
No comments:
Post a Comment