लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
न्युरोड,पुस २२ - काठमाडौं न्युरोडमा आज अपराह्न सामान्य विस्फोट भएको छ। पत्रपत्रिका बेच्ने ठाउँनजिकै भएको विस्फोटमा कुनै क्षति देखिएको छैन। प्रत्यक्षदर्शीहरुले ठूलो आवाज आएको सुनेको बताए। विस्फोट भएको भनिएको स्थानमा हेर्दा सामान्य पटाका पड्किएकोभन्दा ठूलो केही देखिन्न। विस्फोट लगत्तै प्रहरीले घटनास्थल वरपर केही समय बटुवाहरुको आवतजावतमा नियन्त्रण गरेको भए पनि अहिले खुला गरिसकेको छ। काठमाडौँको अति व्यस्त स्थानमध्ये एक यो ठाउँमा वरपर कयौँ मोटरसाइकल पार्किङका लागि राखिएका हुन्छन्। विस्फोट स्थलनजिकै जुत्ता पालिस गर्नेहरु पनि बस्ने गर्छन्। पिपलबोटमा विस्फोट भएको खबरबाट नजिकैका पसले र पैदल यात्रुहरु भने बेखबर थिए। उनीहरु पूर्ववत् आफ्नो काम गरिरहेका र गन्तव्यमा हिँडिरहेका थिए। महानगरीय प्रहरीको एक टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।
No comments:
Post a Comment