News

Jan 14, 2012

हिमपातका कारण १२ गाविसमा खाद्यान्न समस्या

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
रुकुम, पुस ३०,बिहीबार राति रुकुममा परेको हिमपातका कारण (रुकुमको हिमाली क्षेत्र) पूर्वी गाविसहरुमा खाद्यान्न समस्या देखिएको छ। जिल्ला सदरमुकामलगायत बजारबाट दैनिक रुपमा त्यस क्षेत्रमा घोडा-खच्चडबाट खाद्यान्न ढुवानी हुँदै आएको भएता पनि बिहीबारदेखि घोडा-खच्चड नचलेपछि त्यस क्षेत्रमा खाद्यान्न समस्यासँगै १२ भन्दा बढी गाउँ विकास समितिको जनजीवन कष्टकर बनेको छ। जिल्लाका हुकाम, मैकोट, तकसेरा, राङसी, जाङ, मोराबाङ, महत, स्यालाखदी, गोतामकोट, सिस्नेलगायत क्षेत्रमा हिमपात भएकाले खाद्यान्न ढुवानी गर्न समस्या भएको छ। हिमपातले रुकुमका डाँडा सेताम्मे देखिन्छन् भने रुकुमका पूर्वी भेगका बासिन्दालाई चिसोका कारण बाहिर निस्कनसमेत अप्ठेरो परेको बताइएको छ। मपातका कारण दैनिक मजदुरी गरेर बिहान र बेलुकाको छाक टार्नसमेत धौधौ परेको मजदुर बताउँछन्। सिस्ने हिमालमा गत वर्षको तुलना यस वर्ष धेरै बढी हिउँ परेको स्थानीय बलबरी पुनले बताए। जिल्लाका हुकाम, मैकोट, तकसेरा, राङसी, जाङ, मोराबाङ, महत, क्षेत्रमा करिब एक फिट बाक्लो हिउँ परेको मैकोटबाट कृष्णप्रसाद पुनले जानकारी दिएका छन्।
यता आफ्ना खेतबारीमा लगाएको तोरी, गहुँलगायत अन्नबाली असिनापानीका कारण नष्ट भएपछि कृषक चिन्तित भएका छन्। स्यालाखदी-२ का कृषक लालबहादुर एरी भन्छन्- 'अन्नबाली धेरै फल्दैन, फले पनि खानलाई बेसाउनुपर्छ, बाली भित्र्याउने बेलामा असिनापानीले सबै झारिदियो अब के खाने, यसपाला पनि जिल्लामा खाद्यान्न सङ्कट पर्ने भयो।'त्यस्तै, बिहीबार दिउँसो ४ बजेदेखि रातभर सदरमुकाम आसपासमा परेको असिनापानीले रुकुम जिल्लाका सदरमुकाम आसपासका गाविसमा लगाइएको गहुँबालीमा व्यापक क्षति पुगेको छ। जिल्लाको दुली, घेत्मा, सिम्ली, गरायला छिबाङ्ग, आठबीसकोटलगायतका गाविसमा लगाएको गहुँबालीमा असिनाले पानीले क्षति पुर्‍याएको किसानले बताएका छन्।

No comments: