लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २६ - 'जनताको संघीय गणतन्त्रात्मक संविधान र सम्मानजनक शान्ति प्रक्रिया' अघि बढाउने अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन वैद्यबीच सहमति भएपछि माओवादी पार्टी फुट्नबाट जोगिएको छ । दाहालको शान्ति र संविधान निर्माण र वैद्यको जनविद्रोहको मुख्य कार्यनीति बोकेका राजनीतिक प्रस्ताव यथावत् राखी मध्यमार्गी विकल्पमा सहमति भएको हो । दाहालले जनविद्रोह स्वीकार गरेका हुन् वा वैद्यले शान्ति र संविधानको कार्यदिशा भन्नेबारे भने खुलेको छैन । दुई नेताबीच 'शान्ति र संविधानमा षड्यन्त्र भए जनविद्रोहमा जाने' भने सहमति भएको छ । यसले दुवै प्रस्तावलाई समेटेको जस्तो देखिन्छ । तीन दिनको छलफलपछि दुवै पक्ष 'पार्टी जोगाउने' भन्दै मध्यमार्गी सहमतिमा पुगेका हुन् । दुवै प्रस्ताव यथावत् भएकाले आ-आफ्ना अडानमा उनीहरू कायमै देखिएका छन् । यसलाई माओवादीकै नेताहरूले अस्थायी समाधान भनेका छन् । सचिव सीपी गजुरेलले दुवै प्रस्ताव अल्पमत/बहुमतमा नलगी यथावत् राख्ने सहमति भएको जनाए । 'बहुमत/अल्पमत नगर्ने सहमति भएको छ,' उनले भने, 'दुवै प्रस्ताव पार्टीभित्र बहसमा जान्छन् । तत्काल पार्टी एकताबद्ध बनाएर लैजाने सहमति भयो ।'
No comments:
Post a Comment