लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
जिल्ला प्रहरी कार्यालय मोरङले विभिन्न घटनामा संलग्न भएर अदालतले दोषी ठहर्याइएपछि पनि फरार दुई सय बढी सर्वाधिक खोजीका अभियुक्तको सूची सार्वजनिक गरेको छ । जिल्ला अदातलले दोषी ठहर्याई जेल सजाय सुनाएका, वारेन्ट जारी गरेका र जरिवानासमेत तोकेका फरार अभियुक्तको सूची प्रहरीले सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेको सूचीमा अपांग हुने गरी कुटपिट गरेर फरार रहेका तीनजना, चोरी मुद्दाका २८, जीउ मास्ने-बेच्ने मुद्दाका एक महिलासहित पाँच जना, सरकारी छाप किर्ते मुद्दाका तीनजना, जबर्जस्ती करणी मुद्दाका २३ जना, अवैध हातहतियार खरखजाना मुद्दाका नौजना, डाँका मुद्दाका ५३ जना, खुनडाँका मुद्दाका १५ जना, ज्यान मार्ने उद्योगमा पाँच जना, कर्तव्य ज्यान मुद्दाका तीन महिलासहित ३० जना छन् । यिनीहरु सबै जिल्ला अदालतले दोषी ठहर गरेर वारेन्ट जारी गरेका, जेल सजाय तोकिएका, जरिवाना तोकिएका लगायत रहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment