News

Jan 17, 2012

सुकुम्बासीले गरेको आजको उपत्यका बन्द प्रभावहिन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सुकुम्बासीले गरेको आजको उपत्यका बन्द प्रभावहिन भएको छ । नदी किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने सरकारी निर्णयको विरोधमा एकजुट भएका सुकुम्बासीले आज उपत्यका बन्दको घोषणा गरेका थिए । आज बिहानैबाट उपत्यकाका विभिन्न ठाउँमा बन्द सफल पार्न हिडेका सुकुम्बासीलाई ठूलो संख्यामा प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरीका अनुसार राजधानीका विभिन्न क्षेत्रमा बन्द गर्दै हिडेका दुई सय ५१ जना सुकुम्बासी पक्राउ परेका छन् । प्रहरीले काठमाडौँका बल्खु, त्रिपुरेश्वर, कुलेश्वर, बालाजु, जडिबुटी, शान्तिनगर लगायतका क्षेत्रका सयौँको संख्यामा सुकुम्बासीलाई पक्राउ गरेको हो । बिहान सुकुम्बासीको बन्दको हल्का प्रभाव देखिए पनि दिउँसो बन्दको कुनै प्रभाव देखिएको छैन ।

No comments: