लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २१ - सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त ६ सचिव पदमा बढुवाको गृहकार्य सुरु गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि १८ सहसचिवको नाम सिफारिस गर्न शुक्रबार बढुवा समिति बैठक बोलाएको छ । निजामती ऐनमा असार र पुसमा रिक्त विशिष्ट श्रेणी पदमा बढुवा गर्ने व्यवस्थाअनुसार सरकारले पदोन्नति गर्न लागेको हो । लोकसेवा आयोगका सदस्य कृष्ण पोखरेलको अध्यक्षतामा शुक्रबार बस्ने बढुवा समिति बैठकले पाँच वर्ष सेवा अवधि पुगेका सहसचिवहरूमध्येबाट कार्यसम्पादन मूल्यांकन र वरिष्ठता हेरी ६ सचिव पदका लागि निजामती ऐनबमोजिम तीन गुणा बढी अर्थात् १८ जनाको नाम सिफारिस गर्नेछ । मन्त्रिपरिषद्ले सिफारिस नाममध्येबाट ६ जनालाई सचिवमा बढुवा गर्नेछ । लोकसेवाका अध्यक्ष कयोदेवी यमीले बढुवा समितिका लागि पोखरेललाई अध्यक्ष तोकेकी छन् । समितिमा लोकसेवाका अर्का सदस्य टीकादत्त निरौला, लोकसेवाले तोकेको विज्ञ, मुख्यसचिव माधव घिमिरे र सामान्य प्रशासन सचिव सदस्यसचिव छन् । सचिवहरू पूर्ण कडरिया, मोदराज डोटेल, मदन भट्टराई, माधव घिमिरे, गोविन्द कुसुम र शंकर पाण्डेले अवकाश पाएपछि ६ पद रिक्त छन् ।
No comments:
Post a Comment