News

Jan 18, 2012

लोकप्रिय विकिपिडियासहित केही वेबसाइट बन्द

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
माघ ४ - इन्टरनेट नक्कल (पाइरेसी)विरुद्धको विद्येयकको विरोधमा लोकप्रिय विकिपिडियासहित केही वेबसाइट बन्द भएका छन् । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा 'स्टप अनलाइन पाइरेसी एक्ट' (सोपा) र माथिल्लो सदन सिनेटमा दर्ता भएको 'प्रोटेक्ट इन्टेलेक्चुअल प्रपर्टी एक्ट' (पिपा)को विरोधमा विकिपिडियासहित केही वेबसाइट विरोधस्वरुप २४ घण्टाका लागि बन्द भएका हुन् । विकिपिडिया अमेरिकामा सर्वाधिक हेरिएको वेबसाइटमा दसौं नम्बरमा छ । सेतो-खैरो रंगको अंग्रेजी भाषाको विकिपिडियाले आफ्नो गृहपृष्ठमा कालो पोतेर विरोध सूचना राखेका छन् । सूचनामा दसक लगाएर निर्माण गरिएको 'विश्वकोष'मा अमेरिकी कङ्ग्रेसले गरेको सांघातिक हमलाविरुद्ध 'ब्लाकिङ आउट' गरिएको उल्लेख छ । 'यी विद्येयक (सोपा र पिपा) खतरनाक छन्, यीनले वास्तविक पाइरेसीका समस्या समाधान गर्दैनन्,' विकिपिडियाका सह संस्थापक जिम्मी वेल्सले भनेका छन्, 'इन्टरनेट नीति हलिउडले बनाउन मिल्दैन ।' विकिपिडिया गैर नाफामुखी विकिमिडिया पाउन्डेसनले सञ्चालन गर्दै आएको छ । विकिपिडियाको कार्यक्रममा नेपालीलगायत गैरअंग्रेजी भाषी संस्करण भने सामेल छैनन् ।

No comments: