News

Jan 18, 2012

भारतीय प्रधानमन्त्रीको छिट्टै नेपाल आउँने चाहाना

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
भारतका प्रधानमन्त्री डा.मनमोहन सिंहले नेपाल भ्रमणमा आउने इच्छा व्यक्त गरेका छन् । भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारसँगको भेटमा प्रधानमन्त्री सिंहले यस्तो विचार प्रकट गरेका हुन । प्रहानमन्त्री सिंहले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणको विषयमा गम्भिर चासो राख्दै आफू नेपाल आउन इच्छुक रहेको बताएका हुन । गच्छदारसँगको भेटमा सिंहले नेपालमा जारी शान्ति प्रक्रिया अवरुद्ध हुनुको कारण सँगै संविधान निर्माणमा देखिएको विवाद लगायतका विषयमा गच्छदारसँग गम्भिर चासो व्यक्त गरेका छन् । गच्छदारलाई सिंहले दलहरुका बीचको सहमति र एकताले नै शान्ति प्रक्रिया र संविधानको कार्यभार पुरा हुने भन्दै दलहरुलाई मिलेर अगाडि बढ्न सुझाव दिएका छन् । भेटमा सिंहले चिनियाँ प्रधानमन्त्री बेन जियावाओको भ्रमण, सीमा सुरक्षा र नेपालको भूमि प्रयोग गरी हुन सक्ने भारत विरोधी गतिविधिको विषयमा समेत लामो कुराकानी गरेका छन ।

No comments: