News

Jan 12, 2012

बैँकले ब्याज आउने खातामा पैसा राख्न पाउने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २८,आपसमा ब्याज आउने गरी पैसा राख्न नपाउने व्यवस्था गरेको तीन महिना नपुग्दै राष्ट्र बैंक पछाडि फर्किएको छ। केन्द्रीय बैंकले बुधबार नयाँ निर्देशन जारी गर्दै असारसम्मका लागि विकास बैंक र फाइनान्स कम्पनीलाई ब्याज आउने खातामा पैसा राख्न छुट दिएको छ। विकास बैंक संघ र नेपाल वित्तीय कम्पनी संघको निरन्तरको दबाबपछि राष्ट्र बैंकले आफ्नै निर्देशन उल्टाएको हो। केही अघि राष्ट्र बैंकले काठमाडौं बाहिर केन्द्रिय कार्यालय रहेका विकास बैंक र फाइनान्स कम्पनीलाई ६ महिनाका लागि ब्याज आउने खातामा पैसा राख्न पाउने व्यवस्था गरेको थियो। आपसमा पैसा राख्दा विकृति आएको भन्दै ब्याज आउने खातामा पैसा राख्न नदिएको केन्द्रिय बैंकका अधिकारीहरुको तर्क गर्दै आएका छन्।

No comments: