लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
बेल्जियम, पुस २६ - जलविद्युतमा लगानी गर्नका लागि गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्ले पुँजी जुटाउने अभियान सुरु गरेको छ । गैरअवासीय नेपालीको तर्फबाट पाँच अर्व रुपैयाँ लगानी गर्ने उद्देश्यसाथ अभियान सुरु गरिएको हो । बाँकी दश अर्व भने बैकहरुले हाल्नेछन् । संघको अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष जिवा लामिछानेको सक्रियतामा बेल्जियम, नेदरल्याण्ड, जर्मनी, फ्रान्स तथा स्पेनका गैर आवासीय नेपाली संघका पदाधिकारीहरु, नेपाली संघसंस्था तथा व्यपारीहरु विच अन्तर्क्रिया भएको छ । उक्त लगानीमा संघको स्वामित्व नभइ इच्छुक गैर आवासीय नेपालीहरुको सामुहीक लगानी हुने छ । अध्यक्ष लामिछानेका अनुसार उक्त परियोजनाका लागि एक लाख रुपैयाँदेदेखि एक करोड रुपयाँसम्म लगानी गर्न सकिने र सन् २०१२ को अक्टोबरसम्ममा रकम जम्मा गरिसक्ने लक्ष्य रहेको छ । गैर आवासीय नेपाली संघको छैटो अधिवेशन पूर्व नै निमार्णको काम थालनी गरिने र ४ देखि ५ वर्षसम्ममा परियोजना सञ्चालनमा आउने छ ।
No comments:
Post a Comment