News

Jan 11, 2012

सहिद गेटबाट त्रिभुवनको सालिक नहटाउन सर्वोच्चको आदेश

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
सहिद गेटबाट त्रिभुवनको सालिक नहटाउन सर्वोच्च अदालतले सरकारका नाममा अन्तरिम आदेश गरेको छ । मंगलबार सर्वोच्चकी न्यायाधीश सुशिला कार्कीको इजलासले सहिद गेटबाट त्रिभुवनको सालिक हटाउने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकी हुन् । मन्त्रिपरिषदको दुई साताअघि बसेको बैठकले सहिद गेटबाट त्रिभुवनको सालिक हटाई नारायणहिटी दरबारस्थित संग्रहालयमा सुरक्षित राख्ने निर्णय गरेको थियो । सहिद गेटमा राखिएका वीर सपुतहरू दशरथ चन्द, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीलाई फाँसी दिने तत्कालीन राणा शासकको निर्णयको सदनपत्रमा राजाको हैसियतमा हस्ताक्षर गरी अन्तिम स्वीकृत दिने त्रिभुवनको सालिक राख्नु उपयुक्त नहुने भनी मन्त्रिपरिषदले हटाउने निर्णय गरेको थियो ।

No comments: