News

Jan 6, 2012

राजस्व चुहावट सून्यमा झार्न अर्थमन्त्रीको निर्देशन

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पुस २२,अर्थमन्त्री वर्षमान पुनले राजश्व चुहावट सून्यमा झार्ने गरी काम गर्न मातहतका निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्। आज अर्थ मन्त्रालयमा राजश्व चुहावट नियन्त्रणसम्बन्धी बैठकमा अर्थमन्त्रीले यस्तो निर्देशन दिएका हुन्। अर्थसचिव, गृहसचिव, राजश्व महाशाखाका प्रमुख, भन्सार विभागका प्रमुख, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख सहभागी बैठकमा उनले प्रभावकारी काम गर्न निर्देशन दिएका हुन्। राजश्व चुहावट नियन्त्रणमा लागेका अधिकारीहरुले पछिल्लो चारमहिना राजश्व चुहावटमा केही नियन्त्रणमा आएको जानकारी गराए। छलफलमा राजश्व चुहावटलाई नियन्त्रण गर्न सबै सुरक्षा निकाय र र्थमन्त्रालयमातहका सबै निकायलाई समन्वयात्मक ढंगबाट प्रभावकारी रुपमा परिचालन गर्ने निर्णय भएको छ। अर्थमन्त्री पुनले आफूहरु सिसाको घरमा भएको र सबैतिरबाट देखिराखेकोले जिम्मेवार भएर काम गर्नुपर्ने बताए। 'हामी सिसाको घरमा छौं। हामीलाई सबैले देखिराखेका छन्। हामी जोखिमपूर्ण काम गरिरहेका छौं। यो चुनौतीपूर्ण काम गम्भीर भएर गर्नुपर्छ,' अर्थमन्त्रीको भनाई थियो। राजश्व चुहावट नियन्त्रणसम्बन्धी बैठक प्रत्येक महिना बस्ने गर्छ।

No comments: