लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
इलाम र झापा यातायात व्यवसायी संघका गाडी बुधबार मेची राजमार्गमा गुडेका छैनन्।कोलबुङस्थित किटेनी प्रहरी चौकीका प्रहरीले यात्रुवाहक बस रोकेर चालक तथा यात्रुमाथि कुटपिट गरेको आरोप लगाउँदै उनिहरुले गाडी नचलाएका हुन् । यातायात व्यवसायीका अनुसार धरानबाट इलाम आउँदै गरेको मे १ ख १३६७ गाडीका चालक समीर राई, सहचालक वीरवहादुर खत्री र यात्रुलाई मंगलबार साँझ पाँच बजेतिर प्रहरीले रोकेर हातपात गरेका थिए।चालक राई तथा सहचालक खत्रीको झापाको कञ्चनजंघा अस्पतालमा उपचार भइरहेको संघले जनाएको छ। यातायात चालक तथा मजदुरहरुले बुधबार विहान मेची राजमार्गको इलाम खण्डमा दुई घण्टा गाडी रोकेका थिए। त्यसपछि इलाम र पाँचथरका यातायात संघमा आवद्ध गाडीमात्र चलिरहेका छन्। तर जिल्ला प्रहरी कार्यालयले भने बसको छतमा यात्रु बोकेर आइरहेको बसबाट यात्रु ओरालेपछि भनाभन हुँदा सामान्य ठेलमठेलमात्र भएको जानकारी दिएको छ।साथै प्रहरी कार्यलयले यातायातलाई यथावतरुपमा सञ्चालन गर्न पहल भइरहेको पनि जनाएको छ।
No comments:
Post a Comment