लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानवअधिकार समितिले चिनियाँ प्रधानमन्त्रीको भ्रमणको मिति छिटै तय गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बसेको समितिको बैठकले चिनिया प्रधानमन्त्रीको भ्रमण रोकिदा राम्रो सन्देश नगएको भन्दै अर्को मिति तय गर्ने पहलका लागि सरकारलाई सुझाव दिएको हो । यसैगरी बैठकले हङ्कङमा रोकिएको श्रम इजाजतका फुकुवाका लागि शीघ्र कुटनीतिक पहल गर्न पनि परराष्ट्रमन्त्रालयलाई निर्देशन दिएको छ । समितिले पुरातात्विक महत्वका हतियार बिक्रिको सम्बन्धमा राज्य व्यवस्था समितिको प्रतिवेदनअनुसार फिर्ता गराउन आवश्यक पहल गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बैठकमा उपस्थित उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनकै आन्तरिक कारणले चिनियाँ प्रधानमन्त्रीको भ्रमण रोकिएको भन्दै भ्रमणको मिति तय गर्न द्विपक्षीय छलफल भइरहेको जानकारी दिनुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले हङकङका श्रम इजाजतका लागि कुटनीतिक पहल भइरहेको पनि जानकारी दिनुभयो । पुरातात्विक हातहतियार विदेशी कम्पनीलाई बिक्री गरिएको सम्वन्धमा छानविन समितिको प्रतिवेदन आएपछि राज्यव्यवस्था समितिको निर्णय कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।
No comments:
Post a Comment