News

Jan 17, 2012

ब्रुनाईमा स्व. विजय राई साँझ सम्पन्न

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
ब्रुनाई, १५ जनवरी, अफगानिस्तानको युद्धमा वीरगति प्राप्त गरेका स्व. विजय राइको सम्मानार्थ भब्य साँस्कृतिक कार्यक्रम सम्पन्न भयो ।नेपालबाट आएका लोकप्रिय गायक राजेश पायल राईको प्रमुख प्रस्तुती रहेको उक्त कार्यक्रममा ब्रुनाईका पपस्टार गायिका लिलि तथा ब्रुनाईकै हिपहप डान्सहरु लगायत गायक लिम्बु नयन, प्रकाश राई र किसन राईले पनि उत्कृष्ट गीतहरु गाएका थिए । गोर्खा मेजर डम्बर शाहीबाट पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो भने स्व. राई लगायत युद्धमा सहादत प्राप्त गरेका सबैलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो । उक्त कार्यक्रम दक्षिण एशियाकै सुविधासम्पन्न मध्येको एक सेरिया कम्युनिटी हबमा आयोजना भएको थियो । कार्यक्रमका मुख्य आयोजक मिलन चाम्स, जितेन्द्र चेम्जोङ र किसन राईका अनुसार कार्यक्रमबाट प्राप्त रकमले स्व. राईको सम्झनाको लागि काम गर्ने बताउनुभएको छ । कार्यक्रमलाई महेश वनेम र रोजिना राईले संचालन गर्नुभएको थियो ।

No comments: