News

Jan 13, 2012

भारतीय सीमा सुरक्षा बलद्वारा नेपालीलाई सामान ओसारपोसारमा रोक

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
कञ्चनपुर (बेलौरी), पुस २९- भारतीय सीमा सुरक्षाकर्मी एसएसबीले पाँच दिनदेखि टनकपुर नाकाबाट सरसामान ओसारपोसारमा रोक लगाएको छ। कञ्चनपुरको भीमदत्तनगरपालिका-९ ब्रह्मदेव बजारमा स्थानीय रामसिंह कार्कीले पक्की घर बनाएको भन्दै पाँच दिनअघि एसएसबीले पक्की घर नबनाउन धम्की दिएपछि नेपाली बासिन्दाले विरोध जनाएका थिए। त्यसपछि एसएसबीले भारतीय सीमा टनकपुर नाकाबाट दैनिक उपभोग्य समान ओसारमा रोक लगाएको हो। कार्कीले आफू २० वर्ष अघिदेखि सोही ठाउँमा बस्दै आएको र घर कच्ची रहेकाले वर्षात्को समयमा घरमा पानी पस्ने भएकाले आफूले पक्की घर बनाउन लागेको बताउनुभयो। कार्कीका अनुसार आफूले पक्कीघर बनाउन थालेपछि २०/२२ जनाएको समूहमा हतियारसहित आएका एसएसबीले "यो भारतको जमिन हो, यसमा पक्की घर बनाउन पाइँदैन", भनी घर नबनाउन धम्की दिएको थियो। स्थानीय बासिन्दाले एसएसबीको धम्कीको विरोध गरेपछि, एसएसबीले टनकपुर- ब्रह्मदेव नाकामा सामान ओसारपोसारमा रोक लगाउनका साथै सीमा क्षेत्रमा नेपालीलाई दुर्व्यवहार गर्न र धम्क्याउन थालेको ब्रम्हदेवका स्थानीयवासीले बताएका छन्। "पाँच दिनदेखि टनकपुरबाट सामान ल्याउन पाइएको छैन" स्थानीय व्यापारी इन्द्रसिंह धामीले बताए। एसएसबीले भारतीय बासिन्दालाई समेत ब्रह्मदेव बजारबाट सामानमा रोक लगाएको छ। सीमा नाकामा दैनिक उपभोग्य समान रोक लगाइएपछि ब्रह्मदेव बजारका व्यवसायीलगायत स्थानीय मर्कामा परेका छन्।

दसगजाको निरीक्षण गर्ने
यसैबीच दुवै देशका सुरक्षा अधिकारीले अतिक्रमण भएको दशगजा क्षेत्रको निरीक्षण गर्ने भएका छन्। भारतको पिलिभितमा नेपाल भारतका सुरक्षा अधिकारीबीच भएको सीमा बैठकमा अतिक्रमित दशगजाको निरीक्षण गर्ने सहमति भएको हो। मार्च पहिलो सातादेखि अतिक्रमित दशगजा क्षेत्रको निरीक्षण गरिने छ।

No comments: