लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
एथेन्स, पुस २६ - कलाकार पावलो पिकासोले तयार पारेको महिलाको पोट्रेट ग्रिसको नेसनल ग्यालरीबाट चोरिएको छ। दोस्रो विश्वयुद्धताका नाजी शासकहरुविरुद्ध ग्रिसका नागरिकले गरेको प्रतिरोधको सम्मानमा एथेन्सस्थित नेसनल आर्ट ग्यालरीलाई दिइएको चित्र चोरिएको हो। सन् १९३९ मा बनाइएको उक्त तस्बिर मंगलबार राति चोरिएको हो। यो चित्र पिकासोले ग्यालरीलाई सन् १९४६ मा दान गरेका थिए। चोरले पिकासोको चित्रसँगै गुग्लिमो काकियाको चित्रहरु पनि चोरेका छन्। बारम्बार घन्टी बजिरहेपछि सुरक्षाकर्मीले सुरक्षा घन्टी अफ गरेका थिए। त्यसपछि चोरले सजिलै चित्रहरु त्यहाँबाट चोरेको थियो। त्यहाँको समयअनुसार बिहान साढे ४ बजे अस्थाई प्रदर्शनी क्षेत्रबाट छिरेका चोरले बाल्कोनीमा रहेको झ्याल नै झिकेको पाइएको छ। चोरी सुरु भएपछि त्यसको दृष्य मोनिटरमा देखेका सुरक्षाकर्मीले एकजनालाई पछ्याएपनि समात्न सकेनन्।
No comments:
Post a Comment