News

Jun 8, 2008

राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद मधेशीले पाउनुपर्ने दावी

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
अबको राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक पद मधेशी मूलको मानिसले पाउनुपर्ने दावी मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले गरेका छन् । संविधानसभाको चौथो ठूलो दल मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवले अब बन्ने राष्ट्रपति र प्रधानमन्त्रीमध्ये एक मधेशी मूलको हुनै पर्ने बताएका छन् । जेठ २५ गते संचारकर्मीहरुसँग कुरा गर्दै यादवले नयाँ नेपाल बनाउन सरकारमा जनजाति र दलित समुदायको उल्लेखनीय सहभागिता हुनुपर्ने उल्लेख गरे । वर्तमान प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई कुनै हालतमा प्रधानमन्त्री नस्विकार्ने बताउदै यादवले भने, 'उहाँ बुढो भइसक्नुभएको छ, उहाँलाई अब आरामको खाँचो छ ।' रामराजाप्रसाद सिंहलाई राष्ट्रपति बनाउनु उपयुक्त हुने यादवको भनाइ थियो । वर्तमान राजनीतिक गतिरोध तीन प्रमुख दलका कारण भएको यादवले संचारकर्मीहरुबीच दावी गरे । सबै दलसँग सल्लाहा गर्ने हो भने सजिलै समस्या समाधान हुने उनको धारणा थियो । आफ्नो दललाई राष्ट्रपति, प्रधानमन्त्री कुनै पद नचाहिने पनि यादवले उल्लेख गरे ।

No comments: