News

Jun 6, 2008

सहकार्यका लागि हदैसम्मको लचकता अपनाउन माओवादी तयार

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी)का अध्यक्ष प्रचण्डले दलहरूसँगको सहकार्यका लागि हदैसम्मको लचकता अपनाउन आफूहरू तयार रहेको जानकारी दिँदै मंगलबारसम्ममा राजनीतिक सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ।दलहरूसँगको सहकार्य नटुटाउन आ�नो पार्टी राष्ट्रपति र प्रधानमन्त्री दुवै पाउनुपर्ने अडान छाडेको उहाँले बताउनुभयो। दुवै पद नपाए सरकारमा नजाने र वर्तमान सरकारबाट हट्ने अडान राखी दुइ दिनको अल्टिमेटम दिएको माओवादीले बिहीबार एकाएक राष्ट्रपति पदको दाबी छोडेको थियो।माओवादीको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले महिला सभासद्हरूको सम्मानमा शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले भन्नुभयो- नागरिक समाजका प्रतिनिधिलाई राष्ट्रपति बनाउने हाम्रो प्रस्ताव सहमतिका लागि लचकताको संकेत हो र यो प्रस्तावमा सहमति हुन सकेन भने हामी अझै लचक हुन तयार छौं।’गणतन्त्रका लागि रगत-पसिना बगाएको र संविधानसभामा सबैभन्दा ठूलो पार्टीएकाले जिम्मेवारी महसुस गरेर माओवादीले लचकता अपनाएको प्रचण्डले बताउनुभयो। माओवादीको लचकताका कारण यही जेठ २८ गतेभित्र दलहरूसँग सहमति भई गतिरोध अन्त्य हुने विश्वास व्यक्त गर्दै अध्यक्ष प्रचण्डले गणतन्त्रलाई परिपक्व बनाउन धेरै चुनौती बाँकी रहेकाले दलहरूको सहकार्यलाई अझै मजबुत बनाएर लैजानुपर्नेमा जोड दिनुभयो। राजनीतिक गतिरोध अन्त्यका लागि माओवादीले शुक्रबार नेकपा (एमाले) सँग छलफल गरेको थियो।

No comments: