News

Jun 9, 2008

माओवादीले ठूला दललाई राष्ट्रपति नदिने

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
नेकपा (माओवादी) केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले राष्ट्रपति पद ठूला दलका कार्यकारी व्यक्तित्वलाई नदिने निर्णयगरेको छ। बैठकले आगामी सरकारको नेतृत्व पार्टीध्यक्ष प्रचण्डले गर्ने कुरामा सहमति जनाएको छ।राष्ट्रपति पदको दाबी छोडेपछि माओवादी केन्द्रीय कमिटीको बैठकले सकेसम्म स्वतन्त्र व्यक्ति, त्यसो नभए दलकै भए पनि कार्यकारी पदमा नभएका व्यक्तिलाई राष्ट्रपतिमा स्वीकार गर्न सकिने निर्णयगरेको छ। माओवादीले आफनो नेतृत्वमा बन्ने सरकारले आगामी दुइ वर्षम्म बिनाअवरोध काम गर्न पाउनुपर्ने र त्यसखालको प्रतिबद्धता हुने गरी संविधान संशोधनमा लचकता अपनाउने निर्णय गरेको छ।बैठकले सहमतिका आधारमा संयुक्त सरकार बनाउने कुरामा जोड दिँदै प्रधानमन्त्री कार्यकारी हुने भएकाले पार्टीध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री हुनुपर्ने निर्णय गरेको छ। यसअघिको बैठकले प्रचण्डलाई राष्ट्रपति बनाउने निर्णयगरेको थियो। बैठकमा राष्ट्रपति छोडेकोमा असन्तुष्टिसमेत प्रकट भएको बताइएको छ।बैठकमा संसद्को विशेष अधिवेशनमा गणतन्त्रको विपक्षमा मतदान गरेको, गणतन्त्र कार्यान्वयन प्रस्ताव पारित गर्ने दिन जेठ १५ गते आफूलाई राष्ट्रपति नदिए जेसुकै होस् भनी गणतन्त्र कार्यान्वयनमा कांग्रेसले अलमल्याउन खोजेका कारण पनि राष्ट्रपतिमा नेपाली कांग्रेसलाई स्वीकार गर्न नसकिने कुरा उठेको बताइएको छ। माओवादीको सो बैठकमा नेपाली कांग्रेसले नयाँ सरकार गठनमा पनि सकेसम्म ढिलाइ गर्ने र प्रशासनिक निकायलाई दशैंसम्म ढुक्क भएर काम गरे हुन्छ, त्यतिखेरसम्म नयाँ सरकार बन्ने सम्भावना छैन भनी र्सर्कुलर गरेको भन्दै केन्द्रीय सदस्यहरूले त्यसतर्फनेतृत्वको ध्यानाकर्षा गराएको बताइएको छ।माओवादी बैठकले वामपन्थी र अग्रगामी सोच भएकाहरूसँगको सहकार्य र एकतालाई जोड दिने पनि निर्णयगरेको एक केन्द्रीय सदस्यले नेपाल समाचारपत्रलाई जानकारी गराएका छन्।माओवादी बैठकपछि आइतबार साँझ एमाले र माओवादीको नेतृत्वबीच एमाले केन्द्रीय कार्यालयमा भेटवार्ता भएको थियो। सो भेटमा माओवादीले वामपन्थी अग्रगामी शक्तिबीच बढी खुलेरै कुराकानी गर्ने निर्णयआफनो पार्टी गरेको जानकारी गराउँदै सोहीबमोजिम छलफल जारी राख्ने पार्टी नीति रहेको स्पष्ट पारेको थियो। राष्ट्रपति को हुने भन्नेबारेमा कुनै छलफल नभएको र पहिले नीतिगत निर्णया पुगेपछि मात्रै त्यसबारेमा प्रवेश गरिने नेताहरूले बताएका छन्।त्यसअघि आइतबारै बिहान माओवादी, नेपाली कांग्रेस र एमालेको नेतृत्वबीच राजनीतिक गतिरोध अन्त्यका बारेमा छलफल भएको थियो। माओवादी अध्यक्ष प्रचण्डनिवास नयाँ बजारमा भएको तीन दलको बैठकले राजनीतिक समस्या समाधानका लागि छलफल गरी सहमतिको प्याकेज तयार गर्न ६ सदस्यीय कार्यदल गठन गरेको छ। सो कार्यदलमा माओवादीका तर्फाट कृष्णबहादुर महरा, खिमलाल देवकोटा, नेपाली कांग्रेसका तर्फाट डा. प्रकाशशरण महत, राधेश्याम अधिकारी तथा नेकपा (एमाले) का तर्फाट भीम रावल र अग्नि खरेल रहनुभएको छ। सो कार्यदललाई दुइ दिनको समय दिइएको छ। भोलि बस्ने तीन दलको शीष बैठकमा सो कार्यदलले सहमतिको खाका प्रस्तुत गर्नेछ।संविधान संशोधन, शक्ति बाँडफाँड, शान्ति प्रक्रियालाई कसरी टुंगोमा पुर्याउने, सेना समायोजन, नयाँ सरकार गठन प्रक्रियालगायतका विषयमा छलफल गरी राजनीतिक गतिरोध अन्त्यको खाका तयार गर्ने जिम्मेवारी सो कार्यदलले पाएको छ।माओवादीका अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टर्राई, रामबहादुर थापा बादल’, कृष्णबहादुर महरा, सीपी गजुरेल, नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइराला, नेताहरू रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, एमालेका महासचिव झलनाथ खनाल, नेताहरू अमृत बोहरा, भरतमोहन अधिकारी, इश्वर पोखरेल, भीम रावलको सहभागिता रहेको बैठकले २९ गते बस्ने संविधानसभा बैठकसम्म सहमति गरिसक्नुपर्नेमा जोड दिएको र छलफल निकै सकारात्मक रूपमा अगाडि बढिरहेको बताइएको छ।

No comments: