News

Jun 6, 2008

नारायणहिटी बहिर्गमनमा ढिलाइ

लिम्वूवान डट व्लगस्पोट डटकम,काठमाडौं
पूर्वराजा ज्ञानेन्द्रका मुमा रत्न र जिजुमुमा सरलाका लागि आवासको टुंगो नलागेका कारण शुक्रबार तय भएको ज्ञानेन्द्रको नागार्जुन प्रस्थान रोकिएको छ।रत्नलाई महाराजगन्जस्थित जीवनकुञ्जमा आवास दिने तयारीमा पूर्वराजा ज्ञानेन्द्र भए पनि जीवनकुञ्जको स्वामित्व भएका धीरेन्द्रपुत्री शीताष्मा र दिलाशाले अस्वीकार गरेका कारण अवरोध खडा भएको जनाइएको छ।जिजुमुमा सरलाका लागि दरबारका
पूर्वअधिकारीहरूले गौरीघाटमा एउटा घर हेरे पनि अझै निर्णय हुन सकेको छैन। नारायणहिटीमा बस्दै गरेका पूवराजा ज्ञानेन्द्रको परिवार अब तीन परिवारमा विभाजन हुने भएको छ। पूर्वयुवराजा पारस यसअघि नै निर्मलनिवासमा सपरिवार बस्दै आएका छन्। रत्नलाई जीवनकुञ्जमै आवास मिलाउने विषयमा पूर्वराजा ज्ञानेन्द्र र धीरेन्द्रपुत्रीहरूबीच शुक्रबार साँझ कुरा भए पनि निर्णय र्सार्वजनिक गरिएको छैन।पूर्वराजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन दरबार र्सनका लागि राजज्योतिषीले दिएका तीनवटै साइत गुज्रिएका छन्।राज पुरोहितले जेठ १७, १९ र २४ को निम्ति उपयुक्त साइत जुराएका थिए।
पूर्वराजा ज्ञानेन्द्र र रानी कोमलले नारायणहिटी दरबार छाड्ने प्रायः निश्चित भइसक्दा शुक्रबार बिहान साइत जुराउन पुरोहितहरूले ढोका पूजाको तयारीसमेत गरिसकेका थिए। तर मुमा रत्नले महेन्द्र मन्जिल छाड्न इन्कार गरेपछि पूर्वराजा ज्ञानेन्द्रले दरबार छाड्न नसकेका हुन्’ -स्रोतले भन्यो।

No comments: